कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ
राजविराज - सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।
राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
पसलमा सडेगलेको समोसा खरिद गरी खाने स्थानीय मानिस बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा मौखिक उजुरी आएपछि यस कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरासमेत फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
पक्राउ परेका पसल सञ्चालक साहमाथि कालोबजारी मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण