‘मधुमालती’ मा रोमान्टिक प्रेमकथा
शुक्रबार, २८ माघ २०७३, ०८ : ४९
काठमाडौं - बिहिबार राजधानीमा चलचित्र ‘मधुमालती’ निर्माण घोषणा भयो । रोमान्टिक प्रेमकथामा बन्ने चलचित्र १५ फागुनबाट फ्लोरमा जाने छ ।
चलचित्रलाई शिशिर चालिसेले निर्देशन गर्न लागेका हुन् । थुप्रै चलचित्रमा मुख्य सहायक भएर काम गरेका चालिसेको यो निर्देशनमा डेब्यु चलचित्र हो । चलचित्रको कथा समेत उनले तयार गरेका हुन् ।
शंकर कार्की निर्माता रहेको चलचित्रमा रुपा राना, केशव भट्टराई, अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायतको अभिनय रहनेछ । संगीत दावा दोर्जे लामा र मिलन सुर्खेतीको रहन चलचित्रका सह–निर्माता श्याम खड्का हुन् ।
१ करोड बजेटमा निर्माण हुने भनिएको चलचित्र काठमाडौं, ईलाम र हेलम्बुमा छायाँकन हुनेछ । चलचित्र कृती ‘मधुमालतीको कथा’मा आधारित नभएको निर्माण पक्षले जानकारी गरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण