चौरासी प्रतिशत महिलाको सुरक्षित प्रसूति सेवा
पाल्पा - सुरक्षित रुपमा शिशु जन्माउन यहाँका ८४ प्रतिशत महिलाले सुविधासम्पन्न प्रसूति गृहबाट सेवा लिएका छन् ।
सुरक्षित मातृशिशुका लागि यहाँका महिला स्वास्थ्य संस्था धाउन थालेका हुन् । पाल्पा जिल्ला सरकारी स्वास्थ्य संस्थामा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएपछि गत आवमा ८४ प्रतिशत महिलाले सुरक्षित रुपमा प्रसूति गृहमा आएर शिशु जन्माए ।
सरकारले मातृशिशु मृत्युदर घटाउने लक्ष्य लिई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था गरेपछि यहाँका महिला सुत्केरी हुन स्वास्थ्य संस्था धाउन थालेका हुन् । गत आवमा मात्र छ हजार तीन सय हराहारीका महिलाले स्वास्थ्य संस्थाम आएर प्रसूति गराए । जिल्लाका २५ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ । तानसेनको लुम्बिनी मेडिकल कलेज तथा स्वास्थ्यचौकीबाट महिलालाई निःशुल्क सुत्केरी हुने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताए ।
अस्पताल भवन बन्दै पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिकामा ५० श्ययाको अस्पतालको भवन निर्माण हुँदैछ । पन्ध्र श्ययाको क्षमतामा सञ्चालित अस्पतालले घरदैलामै स्वास्थ्य सेवा प्रदान गर्ने छ । रवीना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आव २०७२÷०७३ को पुसदेखि निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण