ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
शनिबार, २९ माघ २०७३, १२ : ०७
रुकुम - रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्तालामा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए ।
सडकबाट एक सय मिटर तल खसेको र ७० बोरा सिमेन्ट पूर्णरुपमा क्षति भएको उनले बताए । चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण