सेनाको निःशुल्क स्वास्थ्य शिविर
बैतडी - नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए । स्वास्थ्य शिविरमा चिकित्सक नवीन अधिकारीले १११ महिला र ६३ पुरुषको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । यस्तै जिल्ला स्वास्थ्य कार्यालयले मङ्गबारदेखि कुलाँउ र मेलौलीमा सञ्चालन गरेको महिला बन्ध्याकरण मिनील्याप तथा स्वास्थ्य परीक्षण शिविर पनि शुक्रबारै सम्पन्न भएको छ । उक्त शिविरमा सन्तानको रहर पुगिसकेका कुलाँउका १९ तथा मेलौलीका ११ गरी ३० महिलाले मनिल्याप सेवा लिएका छन । यस्तै कुलाँउमा २० तथा मेलौलीमा ८५ गरी १०५ गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएका छन भने शिविरमै चेकजाँचकै क्रममा मेलौलीमा २४ महिलामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविरवाट तल्लोस्वराडका २०० बढी स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । यही माघ २५ गतेदेखि सुरु भएको घुम्ती शिविर आजसम्म सञ्चालन हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण