संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका:मन्त्री थापा
पोखरा - स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखराले अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलन हुँदै देशलाई नयाँ संविधान दिन नेतृत्व गरेको काँग्रेसले यसको कार्यान्वयनलाई पनि आफ्नो प्राथमिकतामा राख्दै अघि बढेको चर्चा गरे। हिमाल, पहाड र तराईबीचको एकताले नै देशको राष्ट्रियता बलियो बन्ने बताउँदै उनले केन्द्रमा बसेर चर्का राष्ट्रियताका नारा लगाउनुभन्दा हिमाल, पहाड र तराईमा रहने नेपाली जनताको भावना र मर्मलाई बुझ्नु आवश्यक भएको विचार व्यक्त गरेका थिए । नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले विद्यार्थीका सिर्जनात्मक भावनालाई समेट्नका लागि प्रकाशित स्मारिका बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण