असई बनाइदिन्छु भन्दै ठग्ने प्रेम पुरी पक्राउ
मङ्गलबार, ०३ फागुन २०७३, २० : ३६
काठमाडौं, राष्ट्रिय अनुसन्धान विभागको प्रहरी सहायक निरीक्षक (असई) बनाईदिन्छु भन्दै लाखौं ठग्ने मोरङ बेलबारीका प्रेम पुरी पक्राउ परेका छन् ।
मोरङ बेलबारी स्थायी घर भएका पुरिले कञ्चनपुरको दिपेन्द्र कार्कि समेतका ब्यक्तिहरुलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिरको प्रलोभन देखाएर दुई लाख देखी सात लाखसम्म ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
दुई देखी सात लाखसम्म लिएर नियुक्ती पत्र दिन्छु भनेपनी लामो समयसम्म नियुक्ती पत्र नपाएपछी पिडीतहरु प्रहरीको शरणमा पुगेका थिए ।
काठमाडौंको किर्तीपुर बसेर ठगी धन्दा चलाएका पुरिले जागिरको खोजीमा भौतारिएका हरुलाई प्रलोभनमा पार्नका लागी जिल्ला विकास समिती सप्तरीबाट जारी भएको गाविस सचिवको स्थायी नक्कली नियुक्तीको पत्र देखाउँदै हिँडेको प्रहरीले जनाएको छ ।
पिडीतहरुसँग आईएमईबाट पैसा लिने गरेका गिरीलाई झापाबाट पक्राउ गरेर आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण