सय रुपैयाँको विवाह यसरी बन्यो ३७ लाखको भव्य विवाह समारोह
केन्याका एक जोडीले पछिल्लो महिना बाध्यतावश १०० केन्यन सिलिङ (१ सय ३ रुपैयाँ) मा आफ्नो विवाह गरेका थिए । गरिबीका कारण उनीहरुले आफ्नो विवाहलाई धेरैपटक सार्नु परेको थियो ।
यद्यपी, भ्यालेन्टाइन डे मा यो जोडीको चर्चा निकै फरक कहानीको लागि भइरहेको छ । यो जोडीका शुभचिन्तकहरुले चन्दा उठाएर यस्तो भ्यालेन्टाइन डे मनाए जसले १ सय रुपैयाँको उनीहरुको विवाहको चर्चा हरायो ।
पछिल्लो महिना यो जोडीको विवाह सोसल मिडियामा निकै भाइरल भएको थियो । विल्सन र एन मुटुराले साधारण जिन्स र टि–सर्टमा विवाह बन्धनमा बाँधिएका थिए । विवाहमा एक अर्कालाई दिनका लागि उनीहरुसँग स्टिलका दुई औंठी थिए ।
त्यतिबेला उनीहरुको विवाहमा सय रुपैयाँ खर्च भएको थियो तर मंगलबारको भ्यालेन्टाइन डे मा उनीहरुको दोस्रो वेडिङ पार्टीमा ३५ हजार डलर अर्थात ३७ लाखभन्दा बढिको खर्च भयो । यो पार्टी केन्याको राजधानी नाइरोबीमा भयो । केनियाली मिडियाले खर्चको यो अनुमान गरेको हो ।
नैरोबीबाट बीबीसीका पटिर म्वाईले भने, ‘यो जोडीको औपचारीक विवाह पहिले नै भइसकेको थियो । भ्यालेन्टाइन डे को मौकामा उनीहरुले नयाँ औंठी एक–अर्कालाई लगाइदिएका छन् ।’
सशस्त्र प्रहरीको समूह, सुरक्षाकर्मी, तीनजना कार्यक्रम प्रस्तोता, मनोरञ्जन र ध्वनीको समूह, फोटोग्राफी, भिडियोग्राफीको समूह, क्याटरिङको समूह र बालबालिकाका लागि विशेष सुविधा दिइएको एडेन ब्लिसमा यो जोडीको दोस्रो विवाह भयो ।
२६ वर्षीया विल्सनले इडेलीलाई बताए, ‘विवाह गरेर हामी घर गयौं, घरमा भएको साधारण खाना खायौं र सुत्यो । हामीले हनिमुनमा केही विशेष गरेनौं ।’
तर उनीहरुबारेको समाचार सोसल मिडियामा भाइरल भएपछि ट्राभल र टुर कम्पनीले उनीहरुलाई हनिमुनको प्याकेज उपलब्ध गराए । जोडीलाई मोम्बासामा रहेको केन्या शहरमा पाँच दिनको हनिमुन यात्रा प्रदान गरियो जहाँ उनीहरु चार तारे होटलमा बसे ।
बीबीसी संवाददाताका अनुसार केन्याका मानिसहरुले वेडिङ पार्टीमा आखिर किन यति धेरै पैसा खर्च गर्नुपर्ने भन्ने प्रश्न सोध्न थालेका छन् । उनको भनाई अनुसार वेडिङ पार्टीमा पैसा उडाउनुको साटो उनीहरुलाई आर्थिक मद्दत गर्न सकिन्थ्यो ।
हरेकको चाहना हुन्छ ‘ड्रिम वेडिङ’
यद्यपी, यो पार्टीका आयोजक सिल्क इभेन्ट्स प्लानर लिमिटेडका अल्टोनेन जुम्बाले यो जोडीलाई पहिले नै आर्थिक मद्दत गरिसकिएको र यो उनीहरुको रोमान्सको लागि आयोजना भएको बताएका छन् । उनले बीबीसीसँग भने, ‘हामीले पहिले नै आर्थिक मद्दत गरिसकेका छौं । भिन्न–भिन्न मानिसहरुले भिन्न प्रकारको मद्दत गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण