२ हजारको नोटले कारलाई बेहुलीजस्तै सिंगारिएको खबरको वास्तविकता यस्तो
भ्यालेन्टाइन डेको दिनमा आफ्नी प्रेमिकालाई प्रभावित गर्नका लागि एउटा कारलाई दुई हजारको नोटको सजाएको र पुलिसले उक्त कारलाई देखेपछि ती व्यक्तिलाई पक्राउ गरेको भन्दै फोटोसहित एक खबर सोसल मिडियामा खुबै भाइरल भयो ।
फोटोलाई निकै घोरिएर हेर्ने हो भने कारको प्रत्येक भागमा दुई हजारको नोट टाँसिएको छ । कार वास्तवमा कुन रङको छ, त्यो थाहा पाउन मुश्किल छ किनभने कार पूर्ण रुपमा गुलाबी देखिएको छ । अब प्रश्न यो उठ्छ कि कारलाई यसरी पैसाले सजाउनका लागि कतिवटा नोट खर्च भए होलान् ? तर यसको वास्तविकता निकै रोचक छ ।
कारको बोनेटमा मुटुको चित्र अंकित छ भने कारको तीनवटा सिसामा जाप लेखिएको देख्न सकिन्छ । गाडीको नम्बर स्पष्ट देख्न सकिन्छ । स्रोतले गाडीको नम्बर नोट गरी वाहन सेवामा एसएमएस गर्दा गाडी महाराष्ट्रमा पुणे नजिकै रजिस्टर भएको थियो । गाडी डिजेल मोडलको होन्डा सिटी हो, मालिकको नाममा लेखिएको छ – जुमकार प्रा.लि ।
‘भ्यालेन्टाइन डे’ मा प्रेमिकाका लागि प्रेमीले २ हजारको नोटले सजाए कार, पुगे जेल
थप अनुसन्धानका लागि स्रोतले जुमकारमा सम्पर्क गर्यो । पुणेमा त्यो कार भेटियो जुन सोसल मिडियामा चर्चामा छाएको थियो । टाढाबाट हेर्दा २ हजारको नोट टाढाबाट वास्तविक देखिए पनि उक्त नोट सांकेतिक भएको स्रोतले पत्ता लगाएको छ ।
कम्पनीले आफ्नो प्रोमोसन गर्नका लागि बनाइएको एक योजनामात्र थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण