सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात

सोमबार, ०८ असार २०८३, १४ : ३५
सोमबार, ०८ असार २०८३

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा करिब पौने २६ करोड रुपैयाँ बराबरको कण्डम आयात भएको छ।
  • भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा ४ करोड १६ लाख ७४ हजार ५ सय १८ पीस कण्डम आयात भएको छ।
  • साढे २५ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात हुँदा सरकारले यसबाट मात्र ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउनदेखि जेठ मसान्त) मा करिब पौने २६ करोड रुपैयाँ बराबरको कण्डम आयात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा नेपालमा ४ करोड १६ लाख ७४ हजार ५ सय १८ पीस कण्डम आयात भएको छ। यस आयातको कुल मूल्य २५ करोड ७९ लाख ३१ हजार रुपैयाँ  रहेको छ।

साढे २५ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात हुँदा सरकारले यसबाट मात्र ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप