स्वास्थ चैकीमा अनमी नहुँदा गर्भवती महिला समस्यामा
बुधबार, ०४ फागुन २०७३, १८ : २१
ओखलढुंगा, आखलढुंगाको पस्चिमी गाविस यसममा महिला स्वास्थ्यकर्मी अनमी नहुँदा गर्भवती महिलाहरु समस्यामा परेका छन् ।
बिगत एक महिनादेखी महिला स्वास्थ्यकर्मी नहुदा गर्भवती महिलाहरु समस्यामा परेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारले गतवर्ष करार सेवामा नियुक्त गरेका एकजना अनमीको करार अबधि सकीएपछि यसमा यो समस्या देखा परेको हो । जन स्वास्थ्य कार्यालयले यो वर्ष पनि करार सेवामा ६३ जना अनमी नियुक्ती गरेपनि यसमा स्वास्थ्य चौकीमा भने कर्मचारी पठाएको छैन ।
महिला स्वास्थ्यकर्मी नहुदा गर्भवती महीलाहरु गर्भ चेकजाँच गर्न समेत नआउने गरेको स्वास्थ्य चौकी प्रमुख अमिर हायुले जानकारी दिए । ‘अस्तालमा अनमी छैन्न गर्भवती महिलाहरु आउन समेत छाडिसके’ हायुले भने । गत वर्ष पनि स्वास्थ्य चौकीमा यस्तै समस्या देखापरेको थियो । जिल्ला जनस्वाथ्य कार्यालयले बिकट तथा दुर्गम गाबिस भएकै कारण जिल्लाका पस्चिमी गाविसमा समयमा स्वास्थ्यकर्मी नपठाएको स्थानियको आरोप छ ।
महिला स्वास्थ्यकर्मी नहुदा आफुहरुले मनका कुरा खुलस्त राख्न नसक्ने भएकाले चाँडो भन्दा चाँडो अनमीको पद पुर्ती गरिदिन त्याहाँका महिलाहरुले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण