सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ चैकीमा अनमी नहुँदा गर्भवती महिला समस्यामा

बुधबार, ०४ फागुन २०७३, १८ : २१
बुधबार, ०४ फागुन २०७३
ओखलढुंगा, आखलढुंगाको पस्चिमी गाविस यसममा महिला स्वास्थ्यकर्मी अनमी नहुँदा गर्भवती महिलाहरु समस्यामा परेका छन् । बिगत एक महिनादेखी महिला स्वास्थ्यकर्मी नहुदा गर्भवती महिलाहरु समस्यामा परेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारले गतवर्ष करार सेवामा नियुक्त गरेका एकजना अनमीको करार अबधि सकीएपछि यसमा यो समस्या देखा परेको हो । जन स्वास्थ्य कार्यालयले यो वर्ष पनि करार सेवामा ६३ जना अनमी नियुक्ती गरेपनि यसमा स्वास्थ्य चौकीमा भने कर्मचारी पठाएको छैन । महिला स्वास्थ्यकर्मी नहुदा गर्भवती महीलाहरु गर्भ चेकजाँच गर्न समेत नआउने गरेको स्वास्थ्य चौकी प्रमुख अमिर हायुले जानकारी दिए । ‘अस्तालमा अनमी छैन्न गर्भवती महिलाहरु आउन समेत छाडिसके’ हायुले भने । गत वर्ष पनि स्वास्थ्य चौकीमा यस्तै समस्या देखापरेको थियो । जिल्ला जनस्वाथ्य कार्यालयले बिकट तथा दुर्गम गाबिस भएकै कारण जिल्लाका पस्चिमी गाविसमा समयमा स्वास्थ्यकर्मी नपठाएको स्थानियको आरोप छ । महिला स्वास्थ्यकर्मी नहुदा आफुहरुले मनका कुरा खुलस्त राख्न नसक्ने भएकाले चाँडो भन्दा चाँडो अनमीको पद पुर्ती गरिदिन त्याहाँका महिलाहरुले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप