‘सदस्यता विवाद समाधान नभई महासंघको निर्वाचन हुन सक्दैन’ – महासचिव शिवाकोटी
बुधबार, ०४ फागुन २०७३, २१ : ४९
वीरगंज – नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सदस्यता सम्बन्धि विवादलाई समाधान नगरीकन पत्रकार महासंघको निर्वाचन हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगंजमा आयोजित प्रेस युनियनका सदस्यहरुको विशेष भेला तथा अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव शिवाकोटीले जिल्ला जिल्लामा महासंघ कब्जा गर्ने रणनीतिमा प्रेस चौतारी लागेकोले एकलौटी रुपमा चौतारीको दबावमा महासंघमा थपिएको सदस्यता खारेज नभई निर्वाचनमा प्रेस युनियन नजाने चेतावनी समेत दिए । उनले प्रजातन्त्रवादी पत्रकारहरु एक भएर महासंघको चुनावमा आपसी मतभेद र कटुतालाई त्यागेर निर्वाचनमा जुटन युनियनका सदस्यहरुलाई आग्रह गरे ।
उनले प्रजातन्त्र र लोकतन्त्रको संस्थागत विकासका लागि युनियनको महत्वपूर्ण योगदान रहेको बताउँदै यस पटकको महासंघको निर्वाचनमा युनियन एकजुट भएर नगए त्यसको परिणाम उल्टो निस्कने समेत बताए ।
नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, प्रेस युनियन पर्साका पूर्व अध्यक्षहरु पुरुषोत्तम सिंह भट्टराई, रामराज्य यादव, काशीनाथ यादव, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्षद्वय अशोक तिवारी, दिपेन्द्र चौहान लगायत युनियनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण