सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् ८ सय सन्तानका बुवा, सय वर्षमा पनि गज्जबको यौन शक्ति

सोमबार, ०९ फागुन २०७३, १४ : ४५
सोमबार, ०९ फागुन २०७३

उमेर सय वर्ष र सन्तानको संख्या ८ सय । कहिले यस्तो रेकर्डबारे सुन्नुभएको छ । अझ यसको यौन जीवनबारे थाहा पाउँदा चकित हुनुहुनेछ तपाईं ।

इक्वेडोरको गालापेगोस आर्किपेलागो द्वीपको नेशनल पार्कमा बस्ने डिएगोको यौन जीवन गज्जबको छ । ८ सय बच्चाका बुवा डिएगो यो संख्याका कारण संसारभरी चर्चित छन् ।

तर यहाँ थाहा पाउनुपर्ने कुरा के छ भने डिएगो कुनै व्यक्तिको नाम नभई सय वर्षका एक कछुवा हो तर डाक्टरका अनुसार यसको यौन क्षमता अहिले पनि गज्जबको छ । आज पनि डिएगोलाई कछुवाको संख्या बढाउनका लागि प्रयोग गरिँदै आएको छ ।

आफ्नो प्रजनन क्षमतामार्फत यो चेलोनोएडिस कछुवा आफ्नो जातीलाई मासिनबाट जोगाइरहेको छ । कुनै बेला यस्तो स्थिती पनि थियो कि यो प्रजातीका मात्र दुई भाले र १२ पोथी कछुवा मात्रै बचेका थिए तर डियागो आएपछि यसको संख्या ८ सय पुगिसकेको छ ।

डिएगो ८२ किलो र ३५ इन्च लामो छ । यसलाई २० औं शताब्दिको मध्यमा अमेरिकामा ल्याइएको थियो । त्यतिबेलादेखि अहिलेसम्म उक्त कछुवाको प्रजाती बचाउन डिएगोले निकै योगदान दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप