मुसाले पुर्याउने क्षति कसरी नियन्त्रण गर्ने ?
मङ्गलबार, १० फागुन २०७३, १२ : १४
केदार कार्की पशु स्वास्थ्य विज्ञ
घरबारी, खेत, गोठ र खोर तथा अन्न भण्डारणस्थलमा मुसाले असाध्य दुःख दिइरहेको हुन्छ । मुसाले गोठ, खोर, घरमा अन्न खाएर, बिगारेर वा प्रदूषित बनाई क्षति पुर्याइरहेको हुन्छ । एक सयवटा मुसाको बथानले प्रतिवर्ष एक टन अन्न खाने अनुसन्धानले देखाएको छ । एउटा मुसाले जति अन्न खान्छ, त्यसको १० गुणा बढी अन्न आफ्नो दिसापिसाब एवं रौँद्वारा प्रदूषित गराई खान अयोग्य बनाउँछ । अमेरिकामा गरिएको एक अध्ययनअनुसार त्यहाँ बर्सेनि २० करोडको दाना पशुपक्षीले खान नहुने गरी मुसाको दिसा, पिसाब र रौँबाट प्रदूषित हुन्छ । उपयुक्त वातावरण पाए एक जोडी मुसा र तिनका सन्ततिले तीन वर्षमा दुई करोड बच्चा जन्माउँछन् । सबै हुर्किएमा तिनीहरूले गर्ने क्षति अनुमान गर्न पनि सकिँदैन ।
मुसाले फैलाउने रोग
साल्मोेनेला, पास्चुरेला, लेप्टोस्पाइरा, सँुगुर–बंगुरको हैजा, ट्राइकोनेसिस, टक्सोप्लाज्मोसिस्, रेबिजजस्ता ४५ भदा बढी रोग ओसार–प्रसार गर्नेवाहकका रूपमा मुसालाई लिइन्छ । मुसाले खुट्टामा लत्पत्याएर यी रोगका कीटाणु सजिलै एक स्थानबाट अर्को स्थानमा सार्न सक्छ ।मुसा रहेको कसरी थाहा पाउने ?
घरमा उफ्रेको, दौडेको, भित्तामा चढ्दै गरेको, खर्याकखुरुक गरेको, चिँ चिँ आवाज आएको भएमा मुसा छिरेको हुन सक्छ । त्यस्तै खाने कुरावरिपरि मुसाका लिँड थुप्रिएको पाइएमा, भुइँ, पर्खालको छेउमा खनी ताजा माटो थुपारेर राखेमा, काठका झुत्रा, टिन, प्लास्टिकका भाँडा, क्रेटजस्ता सामानमा कोतरेको चिह्न भएमा, मुसाको गन्ध आएमा, मुुसाले सताउने भो भनी जाने हुन्छ । एउटा मुसा घर–गोठमा देखा परे, त्यहाँ २५–३० वटाको बथान छ भनी अनुमान गरे हुन्छ ।मुसा नियन्त्रण कसरी गर्ने ?
यसका लागि सबैभन्दा पहिला घर–गोठ, खोरमा सकभर मुसा पस्न नदिने व्यवस्था मिलाउने । पसिहाले तिनको संख्या न्यूनीकरण गर्ने खालको वातावरण मिलाउने । मुसा समात्ने पासो, ग्लू बोर्डको प्रयोग गर्न सकिन्छ । घर–गोठ, खोरमा बिरालो पालेर पनि मुसा नियन्त्रण गर्न सकिन्छ । यसबाहेक चर्को आवाज आउने उपकरण जडान गरी मुसा धपाउन सकिन्छ । तर, यस्ता आवाजले केही दिन समस्या समाधान भए पनि कालान्तरमा यसैमा अभ्यस्त हुन सक्छ । यी सबै प्रयास असफल भएमा उपयुक्त खाले जनस्वास्थ्य तथा पशु स्वास्थ्यमा असर नपर्ने कीटनाशक औषधि, झोल, चक्की तथा धुलो प्रयोग गरी मुसा मार्न सकिन्छ । तर, यो औषधि अत्यधिक विषालु हुने हुँदा केटाकेटी, कुकुर, बिरालो तथा अन्य जन्तुबाट जोगाउनुपर्छ । नयाँ पत्रिकाबाटखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण