धागो कारखाना बन्द भएको वर्षौ भइसक्दा पनि जग्गा फिर्ता भएन
बुधबार, ११ फागुन २०७३, १७ : ४२
रुपन्देही (तिलोत्तमा) – बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन ।
बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौंँ भइसक्दा पनि सरकारले सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ ।
व्यवस्थापन कार्यालयको नाममा रहेको एक सय ४४ रोपनी जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । सो जग्गा धागो कारखनाबाट फिर्ता लिएर नयाँ उद्योग स्थापना गर्न चाहने उद्योगीलाई प्रदान गर्ने योजना कार्यालयको रहेको छ ।
“जग्गामा अन्य उद्योग खोल्न सकिने सम्भवना छ,” व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले भन्नुभयो । विसं २०६४ देखि बन्द रहेको सो धागो कारखानाको करिब ३३ बिगाहा जग्गा रहेको छ । विसं २०३२ मा स्थापना भएको उक्त औद्योगिक क्षेत्रमा अहिले ६४ वटा उद्योग चालु अवस्थामा छन् ।
सरकारी स्वामित्वको बुटवल धागो कारखाना बन्द हुँदा सो उद्योगका करोडाँैं मूल्यपर्ने उपकरण जीर्ण छन् । स्थानीयवासीले उद्योग खुलाउन पटक÷पटक दबाब दिँदै आएका रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले बताउनुभयो । उद्योगले बुटवल औद्योगिक क्षेत्रलाई तिनुपर्ने करिब रु एक करोड भाडा समेत तिरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण