खोज पत्रकारितामा ध्यान दिनुहोस्ः मन्त्री शर्मा
बिहीबार, १२ फागुन २०७३, १७ : ५१
रुकुम – ऊर्जामन्त्री जनार्दन शर्माले खोज पत्रकारितामा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ रुकुमको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री शर्माले राज्यको आँखा र जनताको आवाजको रुपमा रहेका पत्रकारहरुले सत्य समाचार सम्प्रेशण गर्न खोज खबरमा ध्यान दिनुपर्ने बताएका हुन् ।
विकास निर्माण र संविधान कार्यान्वयन गर्ने काममा पत्रकारले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
अहिले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले यसमा पनि सकारात्मक भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
तोकिएकै समयमा तीन तहको निर्वाचन गराएर संविधान कार्यान्वयन गराएरै छोड्ने उहाँको प्रतिबद्धता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण