बागलुङ सेवा निवृत्त शिक्षक सम्मानित
बिहीबार, १२ फागुन २०७३, १८ : ०७
बागलुङ – जिल्लाका ४१ जना सेवा निवृत्त शिक्षक सम्मानित भएका छन् ।
धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय रात्माटा स्रोतकेन्द्र अन्तर्गतका सेवानिवृत्त शिक्षक आज सम्मानित भएका हुन् ।
जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र र सेवा निवृत्त शिक्षक सम्मान समितिका अध्यक्ष ममता शर्माले संयुक्तरुपमा उहाँहरुलाई सम्मान प्रदान गरे ।
विगत चार वर्षदेखि रोकिएको सम्मान कार्यक्रमलाई यो वर्ष एकसाथ गरिएको सम्मान समितिका अध्यक्ष ममता शर्माले बताए।
धवलागिरि बहिरा आवासिय विद्यालयबाट सेवा निवृत्त हुनुभएका शिक्षक दीपक गौतमले सम्मानले शिक्षण पेसाप्रति गौरव बढाएको प्रतिक्रिया दिए ।
सम्मान समितिले शिक्षकसँगै २०६९ देखि २०७२ सम्मको प्रवेशिका परीक्षामा उत्कृष्ट हुने आठ छात्र–छात्रालाई पनि सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण