गुलाफको होइन लाखको बिटाले बनेको गुच्छा दिएर प्रेमिकासामू प्रेम प्रस्ताव
मानिसहरु आफ्नो मनको कुरा प्रेमीका समक्ष पुर्याउन विभिन्न तरिका अपनाउने गर्दछन् । आफ्नो प्रस्ताव सकेसम्म अरुले अस्विकार नगरोस् भन्ने सोच धेरैको हुन्छ । यस्तो अवस्थामा चीनका एक व्यक्तिले अचम्मको कोसिस गरेका छन् । कोसिस पनि यस्तो कि सबै अचम्मित हुने । आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नका लागि एक व्यक्तिले फूलको गुच्छा नभई १० हजार नोटको गुच्छा बनाएर दिएका छन् ।
चीनका यी व्यक्तिले आफ्नी प्रेमिकालाई प्रस्ताव राख्नका लागि १० हजार युआनको नोटको बंडल लिएर फूलको गुच्छा बनाउने एक पसलमा पुगे । नोटको प्रयोग गरेर गुच्छा बनाउन उनले त्यहाँका मानिसलाई आग्रह गरे । उनले १० हजार युआनको गुच्छा तयार बनाए जसको नेपाली बजारमा मूल्उ १ लाख ५५ हजार रहेको छ ।
डेली मेलका अनुसार यी व्यक्तिले उनलाई उक्त पैसाको गुच्छा हातमा थमाएर आफ्नो मनको कुरा भने । पैसाको गुच्छाको फोटो चीनियाँ सोसल साइटमा निकै सेयर गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण