संसदमा खेलौनालाई पनि मिल्यो सीट !
युक्रेन- यहाँका एक सांसदले आफुसँगै खेलौना बोकेर गए । र, त्यसलाई संसदभित्र एक सीटमा बसाले । उनले संसदमा संसदहरुको हाजिर नहुने परम्परालाई व्यङ्ग गर्न यस्तो गरेका थिए ।
युक्रेनका निर्दलीय सांसद बोरीस्लाव बेरेन्जा अण्डाकारको खेलौना बोकेर सांसद भवन गएका थिए । यो डच कलाकार मारग्रेट वान ब्रीवूर्टले बनाएको कलाकृतिसँग मिल्छ । यो कलाकृति डाक्टरलाई पर्खिरहेका विरामीको सांकेतिक रुपमा दर्शाउँछ । यो कलाकृति रुस र युक्रेनमा इन्टरनेटमा निकै चर्चित छ ।
सांसद बेरेजा भन्छन्, ‘३२२ सांसदमा १५० भन्दा धेरै त्यसबेला संसदमा उपस्थित थिएनन् । तर, यो खेलौना जरुरु त्यहाँ उपस्थित थियो । उसले संसदले गर्नपर्ने काम गर्यो ।’ बीबीसी हिन्दीबाट रातोपाटीले यो समाचार लिएको हो ।
सांसद बेरेजाको यो प्रयासलाई लिएर इन्टरनेटमा दुई थरी मत आएका छन् । एक फेसुवुक प्रयोगकर्ताले लेखेका छन्, ‘यो लाग्न त मजाकै लाग्छ, तर दुखी गर्ने खालको छ ।’
अर्का फेसुवुक प्रयोगकर्ता भन्छन्, यो घृणित हो ।’
युक्रेनमा संसदको छवि यस्तो बनेको छ कि, उनीहरु आफ्नो जिम्मेवारीमा लापरवाही गर्छन । सहयोगीलाई भोटिङ गर्न पठाउँछन् संसदमा । यस्तो अधिकारलाई पियानो भोटिङ भनिन्छ ।
नेपालमा पनि संसदहरु वैठकमा सहभागी नहुँने ठूलो समस्या छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण