गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर अघि बढ्नुस – पूर्व राष्ट्रपति यादब
सोमबार, १६ फागुन २०७३, १९ : २४
जनकपुर – पूर्व राष्ट्रपति रामवरण यादवले वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी निर्धारित समयमै निर्वाचन सफल गराउन एमाले–मधेशीलाई लचिलो आग्रह गर्दै र सत्ताधारी दलहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न भनेका छन् ।
पत्रकार महासंघ धनुषा शाखाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले मुलुक अहिले गम्भिर राजनीतिक संकटमा परेको बताउँदै निकासको लागि सञ्चारकर्मीहरुले पनि आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने बताएका छन् ।
।संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न जतिसुकै त्याग गर्नुपरे पनि आपसमा मिलेर अगाडी बढ्नुस्’ नेतृत्वमा रहेका दलहरुलाई उनले आग्रह गरे ।
‘संंविधान घोषणा गर्दा भुल भएकै हो’, उनले भने । अब महाभुल गर्नु भएन यादबले सुझाए ।
अहिले पनि सचेतता अपनाएर जाने हो भने संविधान कार्यान्वयन पनि हुन्छ, लोकतन्त्र पनि संस्थागत हुने उनले बताए ।
निर्वाचनको मिति घोषणा भइसकेपछि अब निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सबै पक्ष प्रतिबद्ध भएर अगाडी बढ्नुको विकल्प नरहेको भन्दै उनले सत्तापक्षलाई असन्तुष्ट पक्षलाई मिलाएर अगाडी बढ्ने आग्रह गरे ।
आफु पदमा रहँदा तीन पटक ठूलो आँधीको सामना गर्नुपरेको स्मरण गर्दै उनले विगत सम्झे, ‘प्रधानसेनापति कटुवाल प्रकरण, दोस्रो संविधानसभाको निर्वाचन गराउने निर्णय र संविधान जारी गर्दाको बखत बहुत खतरनाक मोडको सामना गर्नुपरेको थियो ।’
संविधान जारी गर्ने बेलामा दुई÷तीन महिना ढिलै भए पनि सबै समुदाय र वर्गलाई आफ्नो अनुहार प्रष्ट देख्ने संविधान ल्याउनुपर्ने आफ्नो धारणा राख्दा आलोचित हुनुपरेको उनले उल्लेख गरे । ‘दुई महिना ढिलै भए आकाश झर्ने अवस्था थिएन’ उनले थपे, ‘आज संविधान जारी भएको १८ महिना बितिसक्यो । कार्यान्वयन हुन अझै कति समय लाग्ने हो, ठेगान छैन ।’
विगतमा जे जस्तो भएपनि १२ बुँदे सम्झौतादेखि अहिलेसम्म सहमतिकै आधारमा मुलुक अगाडी बढेको बताउँदै उनले वर्तमान गतिरोध पनि सहमतिकै आधारमा हटाउन जिम्मेवार दलहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण