रोनाल्डोले बनाए ला लिगामा पेनाल्टीको किर्तिमान
म्याड्रिड – क्रिस्टियानो रोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
भिल्लेरियालविरुद्धको खेलमा १२ यार्डबाट ५७ औँ पटक गोल गर्दै रियल म्याड्रिडका स्टार रोनाल्डोले उक्त किर्तिमान बनाएका हुन् ।
गत जनवरी १५ मा सेभियाविरुद्ध २–१ को पराजयमा पेनाल्टीमार्फत गोल गर्दै म्याड्रिडका लिजेन्ड ह्युगो सान्चेजको ५६ गोलको किर्तिमानलाई बराबरी गरेका थिए ।
तर, आइतबार भएको खेलमा टोनी क्रुसले प्रहार गरेको बललाई विपक्षी खेलाडीले हातले छोएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले उक्त किर्तिमान आफ्नो नाममा पारेका हुन् ।
उनको पेनाल्टीको मद्दतले रियलले खेल २–२ को स्थितिमा पुर्याएको थियो ।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी ४३ गोलसहित पाँचौँ स्थानमा रहेका छन् । उनीअघि लुबोस्लाभ पेनेभ (४४) र रोनाल्ड कोमान (४५) रहेका छन् ।
रोनाल्डोले यस सिजन ला लिगामा १६ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण