सल्लेरीमा छ वर्षपछि बसपार्क सञ्चालनमा
सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सडक यातायात सेवा सुरु भएको छ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ ।
विसं २०६७ मा जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएकोमा सोमबार पहिलो पल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो ।
दूधकुण्ड नगरपालिका–५ सोलुखुम्बुमा जिल्ला विकास समितिले निर्माण सुरु गरेर करिब तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको बसपार्कलाई यातायात व्यवसायीले मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । आफूहरुले करिब रु दुई लाख ५० हजार लगानीमा बसपार्क सम्याउने तथा अस्थायी काउन्टर निर्माण गरी सोमबारदेखि सुचारु गरिएको संयुक्त यातायात व्यवसायी सङ्घ सोलुुखुम्बुका अध्यक्ष केवल रानामगरले बताए ।
यस्तै, बसपार्कको उद्घाटन गर्दै दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटृराईले व्यवसायीको प्रयासको सह्राहना गर्दै शौचालय निर्माण, बसपार्कमा ग्राभेललगायतको काममा नगरपालिकाले सहयोग गर्ने बताए ।
अब जिल्लाबाट सञ्चालन हुने सबै व्यवसायी सङ्घले टिकट बिक्री तथा बस छुट्ने तथा आउने सबै सेवा बसपार्कबाट सुरु गर्ने जनाएका छन् ।
अहिले सोलुखुम्बु सदरमुकामबाट काठमाडौँमा दैनिक करिब ३५ वटा जिप तथा दुईवटा बस, कटारीमा दैनिक पाँचभन्दा बढी जिप र जिल्लाभित्र ५० भन्दा बढी जिपले मानिसलाई यात्रा गराइरहेका छन् । बसपार्क नहुँदा ती सवारीसाधन जथाभावी पार्किङ गरिँदै आएको थियो ।
त्यस्तै, आधा दर्जनभन्दा बढी यातायात व्यवसायी सङ्घले विभिन्न होटल अगाडि काउन्टर राखेर त्यहाँबाट यात्रु चढाउने र ओराल्ने गर्दा आवातजावतमा समस्या हुँदै आएको थियो ।
बसपार्क सञ्चालनसँगै जथाभावी पार्किङका कारण उत्पन्न हुने ट्राफिक समस्या समाधान हुने जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण