अस्पताल विकास समितिबाट छड्के अनुगमन : म्याद गएको औषधि भेटियो
बझाङ - जिल्ला स्वास्थ्य कार्यालय बझाङ र ठेकेदारको लापर्बाहीले सम्झौता विपरीत म्याद गएको औषधिको टेन्डर गरेर औषधि ल्याएको अस्पताल विकास समितिका सदस्य लोकेन्द्रसिंह धामीले बताएका छन् ।
नवनिर्वाचित अस्पताल विकास समितिले जिल्ला स्वास्थ्य कार्यालय माथि औषधि खरिद गर्दा शङ्का लागेपछि जिल्ला अस्पताल बझाङको स्टोरमा औषधिको अनुगमन गर्दा सम्झौता अनुसार औषधि नल्याई मनोमानी ढङ्गबाट १८ महिनासम्म मिति भएको औषधि खरिद गरेर ल्याउनुको साटो तीन महिना मात्र म्याद भएको औषधि टेन्डर गरेर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष जगतबहादुर सिंहले बताएका छन् ।
उहाँले भन्नुभयो २०७३ साल ८ महिना ३ गते टेन्डर गरेर ३५ लाखको औषधि खरिदको ठेक्का ड्रग सेन्टर धनगढीका प्रोपाइटर हेमन्तकुमार बस्नेतले पाएका थिए ।
नवनिर्वाचित अस्पताल विकास समितिले औषधि खरिद माथि शङ्का लाग्दा छड्के अनुगमन गर्दा जिल्ला स्वास्थ्य कार्यालय र ड्रग सेन्टर धनगढीबीच १८ महिना म्याद भएको औषधि खरिद गरेर ल्याउनुको साटो जिल्ला स्वास्थ्य कार्यालयकै मिलोमतोमा तीन महिनादेखि पाँच महिना म्याद भएको औषधि जिल्लामा भित्र्याउनुमा ठूलो पैसाको चलखेल भएको अध्यक्ष सिंहले बताए ।
औषधिको बाहिरी कभरको मिति र भित्री औषधिमा राखेको मिति पनि फरकफरक हालेर प्याकिङ गरेको अनुगमन गर्दा भेटिएको छ । औषधि खरिदमा ठेकेदार र डाक्टरको मिलोमतोमा म्याद जान लागेको र म्याद गुजे्रको औषधि जिल्ला स्वास्थ्य कार्यालयमै भेटिँदा कति चलखेल भएको हो भन्ने स्पष्टै रहेको छ ।
जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र १० वटा सेवा केन्द्र रहेका छन्, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीकै लापर्बाहीले विकट गाउँका हजाराँै जनता औषधिको पहँुचबाट टाढा बसिरहेका छन् ।
जिल्ला अस्पताल जस्तो संवेदनशील कार्यालयमा त यति ठूलो अनियमितता हँुदै आएको छ भने अन्य कार्यालयको अवस्था सहजै थाहा पाउन सकिन्छ । जिल्लाका सरोकारवाला निकायले भने अनुगमन गरे जस्तो गरेर खासै यसमा ध्यान नदिएको जनगुनासो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण