बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा दरबार पुनःनिर्माण सम्पन्न, सङ्ग्रहालयको रुपमा परिणत

मङ्गलबार, १७ फागुन २०७३, ११ : १३
मङ्गलबार, १७ फागुन २०७३

पाल्पा - १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ ।

विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो ।

तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन् । २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ, तर राम्ररी सन्चालनमा आउन भने सकेको छैन ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा रु छ करोड ३१ लाखको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप