एमाले प्रदेश नं ३ कमिटीमा बाह्र मनोनीत
काठमाडौँ - नेकपा (एमाले) को ३ नं प्र्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन् ।
कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ ।
मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन), सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी (नुवाकोट), लालकुमार केसी (दोलखा), कृष्णराज श्रेष्ठ (सिन्धुपाल्चोक), कमला श्रेष्ठ, (काठमाडौँ), कमला पराजुली (काठमाडौँ), पेम्बा लामा मजदुर विशेष क्षेत्र, काठमाडौँ र रामहरि सुवेदी (काभ्रेपलाञ्चोक) छन् ।
सो कमिटीले पार्टीले यही फागुन २१ गतेदेखि सञ्चालन गर्ने मेची–महाकाली अभियान सफल बनाउन आफ्नो तर्फबाट योगदान गर्न मातहतमा निर्देशन पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण