शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् विश्वमा सबैभन्दा खराब ट्राफिक जाम हुने शहर

मङ्गलबार, १७ फागुन २०७३, ११ : ५६
मङ्गलबार, १७ फागुन २०७३

काठमाडौँ – यदी तपाईं काठमाडौँमा बस्नुहुन्छ भने पक्कै पनि ट्राफिक जामको समस्यासँग परिचित हुनुहुन्छ । तपाईंलाई लाग्दा काठमाडौँको जस्तो जाम त कहीँ पनि हुँदैन होला ।

तर, विश्वमा यस्ता शहरहरु छन् काठमाडौँको ट्राफिक जामभन्दा पनि खराब जाम हुने गर्छन् ।

जिपिएस निर्माता कम्पनी टमटमले जारी गरेको सूचीमा काठमाडौँ शीर्ष १५ शहरमा पनि पर्दैन ।

अफिस टाइममा कुन शहरमा बढी जाम हुन्छ भन्ने बारे टमटमले वर्षभर विश्वका ४८ देशमा ३९० शहरहरुको ट्राफिकको अध्ययन गरेको थियो ।

यस सूचीको शीर्ष १५ स्थानमा सबैभन्दा चीनका ६ सहरहरु रहेका छन् ।

शीर्ष स्थानमा भने थाइल्याण्डको बैंकक शहर रहेको छ ।

यस्ता छन् अफिस टाइममा सबैभन्दा खराब जाम हुने शहरहरु : १. बैंकक, थाइल्याण्ड २. मेक्सिको सिटी, मेक्सिको ३. बुकारेस्ट, रोमानिया ४. जकार्ता, इन्डोनेसिया ५. मस्को, रुस ६. चोङकिङ, चीन ७. इस्तान्बुल, टर्की ८. सेन्ट पिटर्सबर्ग, रसिया ९. झुहाई, चीन १०. स्यान्टियागो, चिली ११. गोन्झाउ, चीन १२. सिझियाझुआङ, चीन १३. सेन्जेन, चीन १४. लस एन्जेलिस, अमेरिका १५. बेइजिङ, चीन

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप