बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनदेखि लुक्लाको हवाइ उडान अवरुद्ध

मङ्गलबार, १७ फागुन २०७३, १२ : ३८
मङ्गलबार, १७ फागुन २०७३

सोलुखुम्बु - मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ ।

बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन् । अहिले सबै विमान कम्पनीका गरी दैनिक १०–१२ वटासम्म उडान तालिका हुने गरेकामा सबै उडान प्रभावित भइरहेको तारा एअर फाप्लुका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।

पर्यटकीय मौसम सुरु हुँदै गरेका कारण जाडो छल्न जिल्ला बाहिर गएका व्यवसायी फर्कन थाल्नाका साथै अहिले दैनिक ४०–५० विदेशी पर्यटक सगरमाथा क्षेत्रमा आउन थालेको लुक्लाका व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए ।

सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्कन लागेका करिब एक सय विदेशी पर्यटक लुक्लामै रोकिएका छन् । आज पनि बिहानैदेखि बाक्लो कुहिरो लागेका कारण उडान हुने सम्भावना न्यून छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप