चार दिनदेखि लुक्लाको हवाइ उडान अवरुद्ध
सोलुखुम्बु - मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ ।
बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन् । अहिले सबै विमान कम्पनीका गरी दैनिक १०–१२ वटासम्म उडान तालिका हुने गरेकामा सबै उडान प्रभावित भइरहेको तारा एअर फाप्लुका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।
पर्यटकीय मौसम सुरु हुँदै गरेका कारण जाडो छल्न जिल्ला बाहिर गएका व्यवसायी फर्कन थाल्नाका साथै अहिले दैनिक ४०–५० विदेशी पर्यटक सगरमाथा क्षेत्रमा आउन थालेको लुक्लाका व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए ।
सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्कन लागेका करिब एक सय विदेशी पर्यटक लुक्लामै रोकिएका छन् । आज पनि बिहानैदेखि बाक्लो कुहिरो लागेका कारण उडान हुने सम्भावना न्यून छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण