मेची–महाकाली अभियानका स्वयंसेवकलाई नौबुँदे आचारसंहिता : मद्यपान र धूमपान प्रतिबन्ध
काठमाडौँ - नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौबुँदे आचारसंहिता जारी गरिएको छ ।
आगामी चैत ५ गतेसम्म चल्ने सो अभियानका लागि जारी गरिएको आचारसंहितानुसार स्वयंसेवकले तोकिएको कार्य निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्ने, ‘चेन अफ कमान्ड’मा परिचालित हुनुपर्ने, आवास तथा भोजनका लागि तोकिएको स्थान प्रयोग गर्नुपर्ने र अभियान अवधिभर मद्यपान र धूमपान सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।
स्वयंसेवकले पार्टीका नेता तथा स्थानीय समुदायलाई आदरपूर्वक व्यवहार गर्नुपर्ने, केन्द्रीय तहबाट परिचालित हुने स्वयंसेवकले स्थानीय स्वयम्सेवकसँग आवश्यक समन्वय गर्नुपर्ने, स्थानीय तहमा विभिन्न कोणबाट अभियानबारेमा सोधखोज भएमा जिम्मेवारपूर्वक तरिकाले पार्टीको धारणा राख्नका लागि आचारसंहितामा निर्देशन गरिएको छ ।
अभियानमा सहभागी स्वयंसेवकले विभिन्न कोणबाट प्राप्त गरेका सूचना टोली नेतामार्फत नेतृत्व समक्ष पु¥याउनुपर्ने तथा सेल्फी खिंच्न, घुमफिर गर्न र अनावश्यक समय खर्च नगर्नका लागि आचारसंहितामा भनिएको छ ।
त्यस्तै स्वयंसेवकले अभियानमा जाँदा नियमित औषधि तथा प्रयोग गर्नुपर्ने सामग्री तथा अभियानसम्बन्धी पर्चा, ब्रोसर बोक्नुपर्ने व्यवस्था गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अभियानमा करिब दश हजार स्वयम्सेवक परिचालन गरिने छ । मुलुकका ३० स्थानमा आमसभा, झाँकी प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् । सो क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा संविधान संशोधनभन्दा पनि कार्यान्वयनका पक्षका बारेमा स्थानीय जनतालाई बुझाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण