हेम्जा आलु महोत्सव हुने
पोखरा - पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ ।
‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना यही फागुन २३ गतेदेखि सो महोत्सव हुन लागेको हो । विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव अगामी चैत १ गतेसम्म चल्ने छ ।
महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साङ्गितिक समूहको प्रस्तुति, विभिन्न कृषि बीउ बिजनको समेत प्रदर्शनी गरिने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
महोत्सवमा १०४ वटा कक्ष राखिने छ । हेम्जामा गत वर्ष ९ हजार ५७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष पनि त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको नमुना कृषि सेवा केन्द्र हेम्जाका प्राविधिक सहायक गुरुप्रसाद अर्यालले बताए ।
हेम्जाको करिब ६५० हेक्टर जग्गामा आलुखेती गरिन्छ । यहाँका ६०० भन्दा बढी कृषकले व्यावसायिक रुपमा आलुखेती गर्दैआएका छन् । आलुखेतीका लागि कृषकले करिब रु तीन करोडको कुखुराको मल चितवनवाट ल्याउने गरेका छन् । गत वर्ष किसानले रु १३ करोडको आलु बिक्री गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण