महाकाली पुल योजना कार्यालय उद्घाटन
भीमदत्तनगर - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन् ।
कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए। “पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हुँदैछ ।” मन्त्री लेखकले भने –“पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करिब सात किलोमिटर सडक समेत निर्माण हुनेछ ।”
यहाँको भीमदत्तनगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको रु साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो । “पुल बनाउन सबै राजनीतिक दललगायत नागरिक समाजले सहयोग गर्नुपर्छ ।” उनले भने –“विकासका एजेन्डामा साझा भएर लाग्नुपर्छ, राजनीति गर्नुहुँदैन ।”
महाकालीमा अवस्थित शारदा ब्यारेजभन्दा ५।६ किमी दक्षिण र दोधारा चादँनी झोलुङ्गे पुलभन्दा २.६ किमी उत्तरतर्फको भूभागमा पुल निर्माण हुने छ ।
महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले सडक विभागको सडक सुधार आयोजनाअन्तर्गत महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण हुन लागेको जानकारी दिए ।
उनले पुलको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम भइरहेको बताए । “पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम अन्तिम चरणमा छ”, उनले भने, “केही समयभित्र निर्माणको काम सुरु हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण