युद्ध विमान खसाउने बन्दुकद्वारा उत्तर कोरियाद्वारा ५ सुरक्षा अधिकारीलाई मृत्युदण्ड
प्योङयाङ – उत्तर कोरियाले आफ्ना ५ सुरक्षा अधिकारीहरुलाई युद्ध विमान खसाउने बन्दुकको प्रयोग गरेर मृत्युदण्ड दिएको दक्षिण कोरियाली विधायकहरुले दाबी गरेका छन् ।
दक्षिण कोरियाको गुप्तचर संस्था एनआइएसको रिपोर्टलाई उद्धृत गर्दै दुई विधायकहरुले उपमन्त्री तहका अधिकारीहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेका हुन् ।
उनीहरुले हालै बर्खास्त गरिएका राज्यका सुरक्षा प्रमुख किम वोन होङको नेतृत्वमा काम गरेको बताइएको छ । वोनमाथि नेता किम जोङ उनलाई गलत सूचना दिएको आरोप छ ।
‘किम वोन होङ हाल नजरबन्दमा रहेका छन् भने उनीसँग काम गर्ने पाँच जना उपमन्त्री तहका अधिकारीहरुलाई युद्ध विमान खसाउने बन्दुक प्रयोग गरेर हत्या गरिएको छ’ दक्षिण कोरियाली सांसद किम ब्युङ किले भने ।
‘यसबारे छानविन जारी रहेको कारण अन्य अधिकारीहरुलाई पनि मृत्युदण्ड दिने अझै सम्भावना रहेको छ,’ उनले थपे ।
उत्तर कोरियाको राज्य सुरक्षा मन्त्रालय त्यहाँको गुप्तचर संस्था हो जसले पार्टीका कार्यकर्ताहरु तथा जनतामाथि नजर राख्नुका साथै प्रिजन क्याम्पहरु संचालन गर्ने गरेको छ ।
आफूलाई गलत सूचना दिएको कारण क्रुद्ध बनेका किमले गत जनवरीमा आफ्ना उच्च अधिकारीहरु मध्ये एक होङलाई बर्खास्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण