बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गोप्य सूचना चुहाउनुमा ओबामाको हात : ट्रम्प

मङ्गलबार, १७ फागुन २०७३, १५ : ०७
मङ्गलबार, १७ फागुन २०७३

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारको संवदेनशील सूचना चुहावट गर्नुमा पूर्व राष्ट्रपति बाराक ओबामाको हात रहेको दाबी गरेका छन् । त्यस्तै, रिपब्लिन विरुद्धको प्रदर्शनको मुख्य योजनाकार पनि ओबामा नै रहेको ट्रम्पले आरोप लगाएका छन् ।

फक्स न्युजको ‘फक्स एण्ड फ्रेन्डस’ नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै ट्रम्पले सो आरोप लगाएका हुन् ।

अन्तर्वार्ताको क्रममा ‘देशभर रिपब्लिकनविरुद्ध भइरहेको प्रदर्शनमा पूर्व राष्ट्रपति बाराक ओबामाको हात छ भन्ने लाग्छ कि लाग्दैन ?’ भन्ने प्रश्नको उत्तरमा ट्रम्पले भने, ‘मलाई लाग्छ उनी यसको पछाडि छन् । यो राजनीति हो, यहाँ यस्तै हुन्छ ।’

त्यसपछि उनले सरकारको संवदेनशील सूचना चुहावटको बारेमा पनि चर्चा गरेका थिए ।

‘पर्दा पछाडि वास्तवमा के भइरहेको भन्ने कुरा तपाईंलाई थाहा हुँदैन । तपाईं सही हुनुहुन्छ वा गलत थाहा हुँदैन,’ सोमबार जारी गरिएको भिडियो क्लिपमा उनले भनेका छन्, ‘मलाई लाग्छ यसको पछाडि राष्ट्रपति ओबामाको हात छ किनभने यो उनकै मानिसहरुले गरिरहेका छन् । त्यही समूहबाट सूचनाहरु चुहिरहेका छन् । यो निकै गम्भिर विषय हो किनभने यो राष्ट्रिय सूरक्षाको हिसाबले खतरनाक छ । तर, म बुझ्छु कि यो राजनीति हो । यो सम्भवत जारी रहने छ ।’

फक्सले जारी गरेको भिडियो ट्रम्पले आफ्नो दाबीको प्रमाण भने प्रस्तुत गरेका छैनन् ।

यसबारे ओबामाको प्रतिक्रिया आउन बाँकी छ ।

यसअघि ट्रम्पले फक्स न्युजलाई मेक्सिको र अस्ट्रेलियाका नेताहरुसँगको संवादको सूचना चुहावट गर्नुमा ‘ओमाबाका मानिसहरु’ को हात रहेको बताएका थिए ।

सूचना चुहावटका कारण ट्रम्पले निकै आलोचना खेप्नुपरिरहेको छ । जसले गर्दा सूचना प्रकाशित गर्ने मिडियामाथि उनी लगातार रुपमा खनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप