गोप्य सूचना चुहाउनुमा ओबामाको हात : ट्रम्प
वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारको संवदेनशील सूचना चुहावट गर्नुमा पूर्व राष्ट्रपति बाराक ओबामाको हात रहेको दाबी गरेका छन् । त्यस्तै, रिपब्लिन विरुद्धको प्रदर्शनको मुख्य योजनाकार पनि ओबामा नै रहेको ट्रम्पले आरोप लगाएका छन् ।
फक्स न्युजको ‘फक्स एण्ड फ्रेन्डस’ नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै ट्रम्पले सो आरोप लगाएका हुन् ।
अन्तर्वार्ताको क्रममा ‘देशभर रिपब्लिकनविरुद्ध भइरहेको प्रदर्शनमा पूर्व राष्ट्रपति बाराक ओबामाको हात छ भन्ने लाग्छ कि लाग्दैन ?’ भन्ने प्रश्नको उत्तरमा ट्रम्पले भने, ‘मलाई लाग्छ उनी यसको पछाडि छन् । यो राजनीति हो, यहाँ यस्तै हुन्छ ।’
त्यसपछि उनले सरकारको संवदेनशील सूचना चुहावटको बारेमा पनि चर्चा गरेका थिए ।
‘पर्दा पछाडि वास्तवमा के भइरहेको भन्ने कुरा तपाईंलाई थाहा हुँदैन । तपाईं सही हुनुहुन्छ वा गलत थाहा हुँदैन,’ सोमबार जारी गरिएको भिडियो क्लिपमा उनले भनेका छन्, ‘मलाई लाग्छ यसको पछाडि राष्ट्रपति ओबामाको हात छ किनभने यो उनकै मानिसहरुले गरिरहेका छन् । त्यही समूहबाट सूचनाहरु चुहिरहेका छन् । यो निकै गम्भिर विषय हो किनभने यो राष्ट्रिय सूरक्षाको हिसाबले खतरनाक छ । तर, म बुझ्छु कि यो राजनीति हो । यो सम्भवत जारी रहने छ ।’
फक्सले जारी गरेको भिडियो ट्रम्पले आफ्नो दाबीको प्रमाण भने प्रस्तुत गरेका छैनन् ।
यसबारे ओबामाको प्रतिक्रिया आउन बाँकी छ ।
यसअघि ट्रम्पले फक्स न्युजलाई मेक्सिको र अस्ट्रेलियाका नेताहरुसँगको संवादको सूचना चुहावट गर्नुमा ‘ओमाबाका मानिसहरु’ को हात रहेको बताएका थिए ।
सूचना चुहावटका कारण ट्रम्पले निकै आलोचना खेप्नुपरिरहेको छ । जसले गर्दा सूचना प्रकाशित गर्ने मिडियामाथि उनी लगातार रुपमा खनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण