बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सात कम्बोडियाली बालिकाको डुबेर मृत्यु

मङ्गलबार, १७ फागुन २०७३, ०६ : १५
मङ्गलबार, १७ फागुन २०७३
न्होमपेन्ह - कम्बोडियाको सामुद्रिक सहर सिहानोउक्भिलेमा रहेको तालमा काठै एक डुङ्गा पल्टिदाँ भएको दुर्घटनामा परी कम्तीमा सात कम्बोडियाली बालिकाको मृत्यु भएको छ । काठबाट बनेको सानो डुङ्गामा सवार रहेका ती बालिका छ देखि १३ वर्षसम्मका रहेका बताइएको छ । ती बालिका नौ स्थानीय बालबालिकासँग डुङ्गा खियाउँदै यात्रामा गईरहेका कम्पोङ्ग सोम प्रान्तमा प्रहरी प्रमुख चुओन नरिनले एएफपी समाचार समितिलाई बताएका छन । एक केटा र केटीलाई भने सुरक्षित उद्धार गरेर उपचारार्थ अस्पतालमा लगिएको पनि नरिनले बताएका छन् । स्थानीय सञ्चार माध्याम ती स–साना बालिकाको शवलाई लिएर शोकमय भएका आफन्तहरु अत्यन्त मार्मिक फोटो देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप