अफगानिस्तानमा बाह्र प्रहरी मारिए
अफगानिस्तान - अफगानिस्तानको हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा रहेको प्रहरी जाँचचौकी मङ्गलबार १२ जना प्रहरीको मृत्यु भएको छ । केन्द्रीय राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने लसकार गाहमा अचानकरुपमा मङ्गलबार एकाबिहानै आक्रमणमा परी ती १२ प्रहरीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीहरु आफ्ना कार्यालयको कार्यमा खटिइरहेका हातहतियारसहित आएर तालिवान आतङ्ककारी एकाएक आक्रमण गरेका र यसमा प्रहरीभित्रको व्यक्तिरुको सहयोगी भूमिका रहेको हुनसक्ने अनुमान गरिएको अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । तालिवानी नेता कारी युसुफ अहमदीले १२ जना प्रहरीको मृत्यु हुनेगरी भएको यस आतङ्ककाकरी आक्रमणको जिम्मा लिएको बताएका छन । हेलमान्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले प्रहरी जाँचचौकी आक्रमण भएको घटनाको पुष्टी गर्नुभएको छ । उहाँले भन्नुभयो, “दुर्घटना भएको हो, तर घटनाका बारेमा अहिले विस्तृत विवरण प्राप्त नभएको अनुसन्धान जारी रहेको बताएका छन् । हेलमान्डको छिमेकमा पर्ने कान्दाहर प्रान्तमा रहेको एक प्रहरी जाँचचौकीमा ४० दिनअघि भएका यस्तै घटनामा १६ प्रहरी अधिकारीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण