‘हामी कस्तुरी जस्तै भयौँ, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेका छौँ’
धुलिखेल - ऊर्जामन्त्री जनार्दन शर्माले प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेमा छिट्टै जनताले खोजेको चाहना पूरा गर्ने सकिने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले आयोजना गरेको ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा मन्त्री शर्माले भने, “हामी कस्तुरी जस्तै भएका छौं, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेको जस्तै प्राकृतिक स्रोत र साधन भएर पनि प्रयोग गर्न नसकेर अरुकै खोजीमा हिँडिरहेका छौं ।”
सो क्रममा युवाको जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले आफ्नो नेतृत्वमा व्यवस्थापकीय कार्यलाई राम्रोसँग अगाडि बढाउन सकिएकाले विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको बताए ।
उनले केही क्षेत्रमा विद्युत्भार कटौती भइरहे पनि दिनको तीन घन्टा मात्रै भइरहेको र त्यसलाई छिट्टै अन्त्य गर्ने कार्यमा प्राविधिक रुपमा काम भइरहेको जानकारी दिए ।
संस्थाले छ दिनदेखि सञ्चालन गर्दै आएको उक्त शिविर आज धुलिखेलमा सम्पन्न गरिएको संस्थाका अध्यक्ष समिर बुढाथोकीले बताए ।
पर्यटन र ऊर्जालाई कसरी अर्थतन्त्रमा जोडेर काम गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएर युवालाई जागरुक बनाउनको लागि शिविरको आयोजना गरिएको बुढाथोकीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण