लमजुङको राईनासमा बसको ठक्करबाट मृत्यु
मङ्गलबार, १७ फागुन २०७३, ०६ : ५०
लमजुङ - पूर्वी लमजुङको राईनासमा बसको ठक्करबाट आज राईनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ ।
नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिए ।
गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए । बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका आएका बेला कार्यालय अगाडि नै दुर्घटना भएको राईनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरियाले जानकारी दिए । बसका चालक र बसलाई धमिली कुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण