बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको राईनासमा बसको ठक्करबाट मृत्यु

मङ्गलबार, १७ फागुन २०७३, ०६ : ५०
मङ्गलबार, १७ फागुन २०७३

लमजुङ - पूर्वी लमजुङको राईनासमा बसको ठक्करबाट आज राईनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ ।

नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिए ।

गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए । बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका आएका बेला कार्यालय अगाडि नै दुर्घटना भएको राईनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरियाले जानकारी दिए । बसका चालक र बसलाई धमिली कुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप