बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बक्स अफिसको कमाईमा आफ्नै रेकर्ड तोड्दै अक्षय

मङ्गलबार, १७ फागुन २०७३, १६ : १२
मङ्गलबार, १७ फागुन २०७३

मुम्बई – अक्षय कुमारले बक्स अफिसमा आफ्नो राम्रो प्रदर्शन जारी गर्दै जली एलएलबी २ ले घरेलु सिनेमाको साथै विश्वभर राम्रो कमाई गरिरहेको छ ।

यो चलचित्रलाई सन् २०१७ को पहिलो हिट मानिएको छ । यसलाई दर्शकदेखि समालोचक दुवैले राम्रो प्रशंसा गरिरहेका छन् ।

सायद त्यही भएर चलचित्र २ सय करोड क्लबको नजिक पुग्दैछ । तीन हप्ताअघि रिलिज भएको चलचित्रले १८५ करोड भारु कमाइसकेको छ ।

फेब्रुअरी २६ सम्म जली एलएलबी २ ले घरेलु बक्स अफिसमा १५३.७६ करोड भारु कमाएको छ भने विदेशमा ३१.४८ करोड कमाएको छ ।

यो चलचित्रले अक्षयका यसअघिका चलचित्रको कमाईको किर्तिमानलाई पछि परेको पारेको छ । यसअघि उनको चलचित्र राउडी राठोरले १३३.३५ करोड भारु, रुस्तमले १२८ करोड भारु, एयरलिफ्टले १२७.८० करोड भारु, होलिडेले ११२.५ करोड भारु, हाउसफुल थ्रीले १०९.१३ करोड भारु र हाउसफुल २ ले १०६ करोड भारु कमाएको थियो ।

सन् २०१३ मा अर्सद वार्सीको मुख्य भूमिका रहेको चलचित्रको दोस्रो संस्करण रहेको जली एलएलबीमा २ मा शौरभ सुक्ला, अनु कपुर र हुमा कुरेशी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप