बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कान्छी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

मङ्गलबार, १७ फागुन २०७३, ०८ : ४७
मङ्गलबार, १७ फागुन २०७३

गुल्मी – खुकुरी प्रहार गरी आफ्नै कान्छी श्रीमती हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको ईस्मारजस्थल–१ फर्सुकोट बस्ने ५९ बर्षीय यम बहादुर अर्याललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनले ४५ बर्षीया कमला अर्याललाई टाउकोमा खुकुरी प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता, रापाकोट–५ खानीडाँडा स्थित बाँसको घाँस काट्ने क्रममा मंगलबार अचानक बिजुलीको पोलमा छुँदा करेण्ट लागि रापाकोट–३ बस्ने ७२ बर्षीया केशरी लम्सालको घट्नास्थलमा नै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप