उपत्यका बाहिर जिओनीका ५ विशेष सेवा केन्द्रहरु खुल्यो
काठमाडौँ – मोबाइल ब्राण्ड जिओनीले उपत्यका बाहिरका बिभिन्न ५ ठाउँमा विशेष प्रकारको सेवा केन्द्र खोलेर मर्मत सेवा दिन थालेको छ ।
यस्ता विशेष सेवा केन्द्रहरु पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र वीरगंजमा संचालन गरिएका छन् ।
“जिओनी–केयर” नाम दिइएका यी सेवा केन्द्रहरुमा दक्ष प्राविधिकहरुद्वारा गुणस्तरीय सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
‘यसले जिओनी मोबाइल सेटमा आउने कुनै पनि प्राविधिक समस्या पूर्णरुपमा समाधान गर्न मद्दत पुग्नेछ, जसमा सफ्टवेयरलाई अपडेट गराउन सकिन्छ । यी विशेष सेवा केन्द्रहरुमा तपाईले खोजे जस्तो दक्ष प्राविधिकहरु उपलब्ध हुने छन्,’ कम्पनीले बताएको छ ।
यस अघि जिओनीको विशेष सेवाकेन्द्र सीटीसी मल सुन्धारामा स्थापना गरी सेवा दिइराखिएको छ । नयाँ पुस्ताको चाहना अनुसारको मोबाइसेट सन् २०१४ देखि नेपाली बजारमा विक्री वितरण गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण