माइक्रोम्याक्सको पी ६८१ नेपाली बजारमा
मङ्गलबार, १७ फागुन २०७३, १५ : २९
काठमाडौँ – माइक्रोम्याक्स मोबाइलको पी सिक्स एट वान नेपाली बजारमा बिक्री शुरु भएको छ ।
यो मोबाइलमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ भने १६ जिबी रोम रहेको छ । यसमा आठ इन्चको एचडी डिसप्ले र फोनमा शक्तिशाली ४ हजार एमएएचको व्याट्री रहेको छ ।
त्यस्तै मोबाइलमा ५ मेगापिक्सलको हाइ रिजोलुसनको अटोफोकस रिअर क्यामेरा र २ मेगामिक्सलको क्यामेरा सेल्फीका लागि रहेको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको छ ।
मोबाइलमा १ जिबी र्याम र थप ३२ जिबी एक्सपान्डेबल एसडी कार्ड प्रयोग गर्न सकिने रहेको छ ।
दुईवटा माइक्रो सिम राख्न मिल्ने यो फोनले थ्रिजी नेटवर्क सर्पोट गर्छ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।
फोनको बजार मूल्य रु.१४,७००/– रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण