बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका नजरमा सरकारका उपलब्धीहरु : जेठदेखि पूर्णरुपमा हट्दैछ लोडसेडिङ

मङ्गलबार, १७ फागुन २०७३, १२ : ४२
मङ्गलबार, १७ फागुन २०७३

काठमाडौं  - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ देशबासीका नाममा संवोधन गरेका छन् । उनले बाथरोगको निःशुल्क उपचारदेखि जेठबाट पूर्णरुपमा लोडसेडिङ हटाँउनेसम्मका कार्ययोजना प्र्रस्तुत गरेका छन् । सरकारले हालसम्म गरेका यी हुन् प्रगतिहरु :

–गत बजेटमा उल्लेखित संशोधित अनुमानभन्दा गत आर्थिक वर्षमा रु. २२ अर्ब बढी राजस्व असुली ।

–नेपाल सरकारको नगद बचत अनुमानभन्दा करिब रु. एक सय ३० अर्ब बढी कायम भयो ।

–लोडसेडिङ लगभग अन्त्य, राजधानी काठमाण्डौ, पोखरा, चितवन लगायतका शहरहरुलाई लोडसेडिङमुक्त घोषणा गरिएको ।

–आँउदो जेठ मसान्तसम्म मुलुकभर लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी ।

–राष्ट्रिय गौरवका आयोजनाहरुमा अब एकपछि अर्काे प्रगति हासिल ।

–काठमाण्डौबाट तराई/मधेश जोड्ने फास्ट ट्रयाक सडकको काम शुरु ।

–तराइ मधेश क्षेत्रको आर्थिक सम्बृद्धिको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको बहुप्रतीक्षित हुलाकी मार्गको काम तीव्र गतिमा अघि बढ्यो ।

–वैदेशिक रोजगारमा जानेहरुका लागि राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्थाले श्रम स्वीकृतिका लागि घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य । –वैदेशिक रोजगारमा गएका र जानेहरुको सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार म्यादी जीवन वीमा विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरियो ।

–अनिवार्य रुपमा बीमा नवीकरण गर्ने व्यवस्था, पासपोर्टको शूल्क झन्डै आधा घटाउने निर्णय ।

–भूकम्प पीडितलाई अनुदानको रकम रु. ३ लाख । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा रु. १ लाख ५० हजार र तेस्रो किस्तामा रु. १ लाख पाउने गरी अनुदान वितरण कार्यबिधी संशोधन गरी लागू गरिएको । –उपत्यका बाहिरका भूकम्प अति प्रभावित ११ जिल्लाका करिब ९१ प्रतिशत लाभग्राही पहिचान गरी तीमध्ये झण्डै ९२ प्रतिशत घरधनीसँग अनुदान सम्झौता सम्पन्न ।

–करिब ९९ प्रतिशतको बैंक खातामा पहिलो किस्ताको रु. ५० हजार जम्मा ।

–दोस्रो किस्ताबापत डेढ लाख रकम वितरण गर्न प्रभावित जिल्लाहरुमा रु. ८ अर्ब ३२ करोड निकासा ।

–अति प्रभावित १४ जिल्ला बाहेकमा पनि पुननिर्माण सुरु भएको छ ।

–राष्ट्रिय गौरवका र अन्य ठूला आयोजनाहरु मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी आयोजना, कुलेखानी तेस्रो आयोजना, चमेलिया जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण आयोजना र अनुगमन गरिएका अन्य आयोजनाहरुका काम द्रूत गतिमा अघि बढ्यो ।

–चितवनको शक्तिखोरमा अत्याधुनिक सुविधा सहितको औद्योगिक क्षेत्र स्थापना हुदै ।

–किसान आयोग गठन, जनता पेन्सन कार्यक्रमको बृहत् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलटिङ गर्ने कार्य अन्तिम चरणमा ।

–खेलाडीलाई पुरस्कार र रकम घोषणा गर्ने तर उपलब्ध नगराउने परम्परा तोडेर सरकारले तत्काल पुरस्कारको परम्पराको शूरुवात ।

– फागुन १ गतेदेखि वाथ र मुटुरोगको निःशुल्क उपचार सुरु ।

–अबको ६ महिनाअघि नै मेलम्चीको पानी काठमाडौं आउने ।

–देशभरका भूमिहीन, सुकुम्बासी, किसान, मजदूर र श्रमिकहरु जग्गाधनी प्रमाण पूर्जा नभएकै कारण अहिलेसम्म पानी र बिजुलीको लाइन जोड्ने जस्ता आधारभूत सुविधाबाट बञ्चित भएकोमा अब नागरिकताको प्रमाणपत्रका आधारमा पाँउने ।

–मुक्त हलियाका लागि घर मर्मतका लागि रकम निकासा गरिसकिएको, यसै साताबाट वितरण सुरु गरिने ।

–शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमै पु¥याउने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप