सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

विदेशी महिलाको ७० वर्षे साधुसँग बस्यो माया–प्रेम, विवाहका लागि अदालत पुगे जोडी

बिहीबार, १९ फागुन २०७३, १४ : १४
बिहीबार, १९ फागुन २०७३

 अध्यात्मको खोजीमा फिनल्याण्डकी महिला खरगोन जिल्लाको कसराबादस्थित नर्मदा किनाराको एक आश्रम पुगेकी थिइन् । ८ वर्ष उक्त आश्रममा रहँदा उनको मन ७० वर्षे साधुमाथि बस्यो । उनले ती साधुसँग विवाह गर्ने इच्छा व्यक्त गरिन् ।

दुबैको यसमा स्विकारोक्ति भयो । गत शनिबार दुबै वकिलसँग कोर्ट म्यारिज गर्नका लागि कलेक्ट्रेट पुगे । शनिबार स्वामी आनन्दपुरी सिद्धो बाबासँग ५९ वर्षीया तुलसी तारजा एनेली विवाह गर्नका लागि आवश्यक कागजातसहित अदालतमा पेश भइन् ।

फिनल्याण्डकी तारजा एनेली सन् २००७ मा भारत गएकी थिइन् । यद्यपी, अब उनको नाम तुलसी हो र हरिद्वारमा उनको भेटघाट ७० वर्षका स्वामी आन्दपुरी सिद्धबाबासँग भयो ।

वकिलले उनीहरुको विवाहका लागि निवेदन दिने जानकारी दिएका छन् । कानूनका अनुसार यदि कुनै समस्या नभए ३० दिनपछि दुबै विवाह बन्धनमा बाँधिनेछन् । एक विदेशी महिलाको विवाहको सूचना पाएपछि पासपोर्ट अफिसर सुरेश नरवरे क्लेक्टोरेट गएर उनीहरुको कागजातको अनसन्धान गरेको जानकारीमा उल्लेख छ । नरवेरका अनुसार ती महिला सन् २००७ मा टुरिस्ट भिसामा भारत गएकी थिइन् । उनको भिसाको म्याद आउँदो अप्रिल १७ सम्म छ । विवाहपछि उनले भिसा अवधि बढाउने प्रक्रिया थाल्न सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप