सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

डोनल्डका कारण ७३ वर्षीयाले आफ्नो २२ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडिन्, किन गरिन् यस्तो ?

आइतबार, २२ फागुन २०७३, १३ : ३०
आइतबार, २२ फागुन २०७३

डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि उनीविरुद्ध विभिन्न टिका–टिप्पणी हुने गरेको छ । उनले आफ्नो कार्यकाल थालनी गरेपछि एउटा सुखी परिवार उजाडिएको छ । एक महिलाको दाबी अनुसार राष्ट्रपतीको चुनावको क्रममा आफ्नो श्रीमानले डोनल्डलाई समर्थन गरेका कारण उनले श्रीमानलाई नै छोडिदिएकी छिन् । डोनल्डप्रति श्रीमानको लगावले आफ्नो भावना तुषाराघात भएको भन्दै उनले यसो गरेको बताइन् ।

७३ वर्षीया गेल म्याककोर्मिक, क्यालिफोर्नियास्थित एक जेलकी अवकाशप्राप्त सुरक्षाकर्मीले आफूलाई ‘समाजवादतिर झुकाव राख्ने डेमोक्राट’ बताउँछिन् । २२ वर्षदेखि विवाह बन्धनमा बाँधिएका श्रीमानले पनि आफ्नो उक्त झुकावलाई सम्मान गर्ने उनले सोच बनाएको उनले जानकारी दिइन् । तर एक दिन साथीहरुसँगको भेटघाटमा एकाएक श्रीमानले डानल्ड ट्रम्पलाई भोट हाल्ने बताएपछि उनले श्रीमानलाई नै छोडिदिने निर्णय गरेको बताइन् ।

‘उनले ट्रम्पलाई भोट दिने थाहा पाएपछि म उनलाई सम्बन्धविच्छेदको निर्णय लिन बाध्य भएँ,’ म्याककोर्मिकले बताइन् । ‘मलाई लाग्यो कि यतिका वर्षसम्म म मुर्ख बनेछु । उनको यो निर्णयले एउटा यस्तो स्थिती पैदा गर्यो जसबारे मैले सपनामा पनि सोचेकी थिइनँ ।’

यद्यपी, उनीहरुको सम्बन्ध तपाईंले सोचेभन्दा पनि नराम्रो छैन । आफू वृद्धावस्थामा पुगिसकेकाले श्रीमानबिना बाँच्न नसक्ने भन्दै आफूले श्रीमानलाई सम्बन्धविच्छेद नै नगर्ने बताएकी छिन् । सम्बन्धविच्छेदका लागि ‘आफूहरु निकै बुढो भएको’ उनले जानकारी दिँदै घुम्न जाँदा सँगै निस्किने उनले बताएकी छिन् । श्रीमानसँग आफ्नो वैचारिक मतभेदका कारण तनावमा भएकाले सँगै बस्न नसक्ने उनले जानकारी दिइन् । ‘सातै दिन चौबीसै घण्टा आफ्नो विचार व्यक्त गरिरहँदा म वाक्क भइसकेकी छु । अबको जीवन पनि म यसो गरेर बाँच्न सक्दिनँ,’ उनले रोयटर्ससँग भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप