२८ वर्षे युवकको ८२ वर्षीयासँग बस्यो पिरती, गरे विवाह
तपाईंले थुप्रै पटक मानिसको मुखबाट ‘प्रेम अन्धो हुन्छ’ भन्ने वाक्य सुन्नुभएको होला । प्रेममा पर्ने मानिसहरु एकअर्काको प्रेमबाहेक केही पनि सोच्दैनन् । उनीहरु न त उमेर हेर्छन् न रुप नै । यस्तै केही भएको छ २८ वर्षका सोफयां लोहो डानडेलसँग ।
२८ का बेहुला, बेहुली ८२ वर्ष
सोफयां इन्डोनेसियामा बस्छन् । २८ वर्षका यी युवक प्रेममा परे । प्रेम ती महिलाको आवाजमार्फत भयो जसको फोन उनलाई गलत नम्बरमार्फत आएको थियो । तर सोफयांलाई उक्त आवाज यति मन पर्यो कि उनले त्यो नम्बरलाई सेभ गरे । फोन मार्था पोटूको थियो जसले गल्तीपूर्वक सोफयांलाई फोन गरेका थिए । मार्था ८२ वर्षका विधवा महिला थिइन् जो आफ्नो घरमा एक्लै बस्थिन् । सोफयांले त्यसै नम्बरमा दोस्रोपटक फोन गरे र त्यसपछि दुबैबिच कुराकानी हुन थाल्यो । यी युवकलाई थाहा थिएन कि त्यो मधुर आवाज भएकी महिला उनको उमेरको नभई आफ्नी हजुरआमाको उमेरकी हुन् । फोनमा यी दुईको निकै दिनसम्म कुराकानी भइरह्यो ।
फोनमार्फत सुरु भयो प्रेमः
निकै दिनसम्म फोनमा कुरा भएपछि दुबैले भेट्ने निर्णय गरे । सोफयांले मार्थासँग उनको घरको ठेगाना मागे । मार्थाले पनि मनमनै उनलाई मन पराउन थालिसकेकी थिइन् त्यसकारण घरको ठेगाना दिइन् ।
मार्थालाई देखेर दंगः
मार्थालाई भेट्न उनी उनको घर गए । उनले घरको ढोका ढक्ढकाउँदा एक वृद्ध महिलाले ढोका खोलिन् । सोफयांले आफू मार्थालाई भेट्न आएको बताए । उनले सोचेका पनि थिएनन कि ढोका खोल्ने ती वृद्ध महिला नै मार्था हुन् । पछि उनले आफू नै मार्था भएको बताइन् । उनलाई देखेर सोफयां दंग भए । उनलाई विश्वास भएको थिएन कि यतिका दिनसम्म जोसँग कुरा गरिरहेका थिए ती ८२ वर्षकी एक वृद्ध महिला हुन् ।
वास्तविक प्रेमः
सोफयां ८२ वर्षकी मार्थालाई देखेर अश्चर्यचकित भए तर आफू एक अर्कासँग वास्तविक प्रेम भएकाले सोफयांले बिना कुनै संकोच मार्थालाई विवाहको प्रस्ताव राखे । यो प्रस्ताव देखेर मार्था दंग भइन् र प्रस्ताव मंजुर गरिन् । दुबैले एक अर्कासँग विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण