५५ फिट लामो, ६ बोतल स्याम्पु, सुक्न २ दिन, कमाई ९३ हजार डलर
लामो कपाल महिलाको सुन्दरतालाई थप बढाउने काम गर्दछ । धेरैजसो महिलालाई लामो र बाक्लो कपाल मनपर्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो महिला बारे जानकारी दिँदै छौं जसको कपालको लम्बाई सुन्दा चकित हुनुहुनेछ तपाईं । यो महिलाको कपाल विश्व रेकर्डमा दर्ता छ ।
अमेरिकाको फ्लोरिडामा बस्ने आशा मण्डेलाको कपाल ५५ फिट लामो छ र कपालको तौल २० किलोग्राम छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला कि एक पटक नुहाउनका लागि उनलाई ६ बोतल स्याम्पु लाग्छ । कपाल सुक्न दुई दिनको समय लाग्छ ।
यी महिलाको एक महिनाको कमाई ९३ डलर बताइन्छ । कपाल अत्यधिक लामो भएकाले उनले पछिल्लो २५ वर्षदेखि कपाल कोरेकी छैनन् ।
उनको कपालका कारण उनलाई कसैले पनि विवाह गर्न चाहँदैनथे तर एक दिन हेयर ड्रेसर इमानुएल शेगको नजर उनीमाथि पर्यो र उनले आशालाई विवाहको प्रस्ताव राखे । यी दुई अहिले वैवाहिक बन्धनमा बाँधिएका छन् ।
कपालको लम्बाईका कारण आशाको पिठ्युँ र गर्धनमा पिडा हुन्छ र डाक्टरले उनलाई कपाल काट्नका लागि सल्लाह दिएका छन् तर आशा आफ्नो कपाललाई कहिले काट्न चाहन्नन् किनभने यो नै उनको पहिचान र कमाईको माध्यम भएको बताउँछिन् ।
आशाले हेयर प्रोडक्ट र एक्सेसरिजको विज्ञापन पनि गर्छिन् जसमार्फत उनले लाखौं डलर वार्षीक कमाई गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण