सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेसबुकमा चर्चित देखाउनलाई एक कम्पनीद्वारा नक्कली साथीको अफर

सोमबार, ०७ चैत २०७३, १५ : ११
सोमबार, ०७ चैत २०७३

रमाइलो गर्नका लागि कोही साथी नभएपनि फेसबुकमा फोटो हाल्नकै लागि भएपनि के तपाईंलाई साथी चाहिएको छ ? के आफ्ना पूर्व प्रेमी वा प्रेमीकालाई जलाउनका लागि भएपनि अर्को आकर्षक महिला वा पुरुषसँग फोटो खिचेर हाल्न मन लागेको छ ? यस्तै छ भने चिन्ता नगर्नुहोस्, जापानको एक कम्पनीले तपाईंलाई फोटो सुट गर्नका लागि नक्कली साथी र प्रेमी उपलब्ध गराउने गर्दछ । तर यसका लागि तपाईंले पैसा तिर्नुपर्छ ।

सोसल मिडियामा उपस्थिती जनाउनु अहिलेको जमानामा निकै महत्वपूर्ण भइसकेको छ । कोही मानिसहरुले सहकर्मीलाई अफिस बाहिर आफूले निकै रमाइलो गर्ने छाप छोड्न चाहन्छन् वा कोही विशेष व्यक्तिलाई सोसल मिडियामार्फत प्रभावित गर्नु छ भने यसका लागि फ्यामिली रोमान्स नामक कम्पनीले तपाईंलाई नक्कली साथी उपलब्ध गराएर सहयोग गर्नेछ । उक्त कम्पनीले नक्कली साथी र प्रेमी उपलब्ध गराएर उत्कृष्ट फोटोसुटको बाचा गरेको छ । ती फोटोहरुलाई पछि ग्राहकले फेसबुक र इन्स्टाग्राम पेजमा सबैले देख्नेगरी राख्न सक्छन् ।

फ्यामिली रोमान्स नामक कम्पनीले ग्राहकको विशेष अनुरोधमा विशेष उमेर समूह, शारिरिक बनावट भएका मानिसहरु पनि छान्न सक्छन् । यसका लागि ग्राहकले कम्पनीको वेबसाइटमा मानिसको छनोट गर्न सक्छन् । एक नक्कली साथीको दुई घण्टा समय लिएबापत् ग्राहकले ७१ डलर अर्थात् ७ हजार बढि रकम तिर्नुपर्छ । फोटो खिच्नका लागि आवश्यक परेको यात्रा, होटलको बसाई, पेय पदार्थलगायतको भिन्न शुल्क ग्राहकले नै तिर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप