सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

विद्यार्थीसँग सम्बन्ध बनाउने शिक्षिकालाई २० वर्ष जेल

बुधबार, ०९ चैत २०७३, १६ : २३
बुधबार, ०९ चैत २०७३

टेक्सास – आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोपमा एक विवाहित शिक्षिका पक्राउ परेकी छिन् ।

लकहार्ट हाइस्कूल टेक्सासकी शिक्षिका २७ वर्षीया साराह फोल्केसमाथि १७ वर्षीय विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोप लगाइएको हो । उनले २० वर्षसम्म जेल सजाय भोग्नुपर्ने बताइएको छ ।

प्रहरीले पक्राउ गरेर खिचेको तस्विरमा समेत उनी हाँसिरहेको देखाइएको छ ।

स्कूलमा बायोलोजीको शिक्षिका रहेकी उनले सन् २०१४ को अक्टुबरले पढाउन शुरु गरेकी थिइन् । आफ्नो जन्मदिनकै दिन उनलाई पक्राउ गरी काडवेल काउन्टी जेलमा पठाइएको छ ।

हाउसटन क्रोनिकलका अनुसार स्कूलका व्यवस्थापनले शिक्षिका र विद्यार्थीबीचको अनैतिक सम्बन्धको बारेमा प्रहरीलाई मार्च १० मा रिपोर्ट गरेका थिए ।

प्रहरीका अनुसार दुईबीच आदानप्रदान हुने मेसेज प्रहरीले फेला पारीसकेको छ ।

‘उनीहरुबीच शारीरिक सम्बन्ध पनि थियो,’ प्रहरीले बताएको छ ।

शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई दोस्रो गम्भिर अपराध मानिन्छ जसका लागि आरोपीले २० वर्षसम्मको सजाय भोग्नुपर्छ ।

सन् २०१३ देखि वैवाहिक जीवन बिताइरहेकी फोल्केसलाई विद्यालयले निलम्बन गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप