उसिनेको अण्डाभित्र हिरा भेटिएको यी महिलाको दाबी
हफिङ्टनपोष्ट डट कम
चैत १२ – एक महिलाले उसिनेको अण्डाभित्र हिरा भेटिएको दाबी गरेकी छिन् ।
हफिङ्टन पोष्टका अनुसार बेलायतस्थित कुम्ब्राकी सेली थम्पसन ब्रेकफास्ट खाँदै गर्दा उनले निकै अचम्मको वस्तु आफ्नो मुखभित्र पाएको बताइन् । जसलाई उनले हिरा भएको दाबी गरेकी छिन् ।
‘जब मैले मुखभित्र क्रिस्टलजस्तो वस्तु भएको थाहा पाएँ तब त्यसलाई मैले मुखबाट निकालें, सफा गरे र एकपटक टोकें,’ ३९ वर्षीयाले साउथ वेस्ट न्यूज सर्भिसलाई भनिन् । ‘टोक्दा त्यो प्लेटमा खस्यो । उक्त वस्तु कहाँबाट आयो मलाई थाहा भएन ।’
‘अण्डा खाइरहेका बेला नै उक्त वस्तु मुखमा आएको हुनाले यो अण्डाबाटै आएको कुरामा कुनै दुईमत छैन,’ उनले भनिन् ।
अण्डामा भेटिएको उक्त वस्तुले आफ्नो भाग्य चम्काउने उनी आशा व्यक्त गरेकी छिन् । उनी चाँडै नै विवाह बन्धनमा बाँधिदैछिन् र यसै हप्ताको अन्त्यमा ब्याचलोरेट पार्टीको आयोजना गर्दैछिन् ।
‘ म अन्धविश्वासी हुँ । त्यसकारण मैले यसलाई जुन समयमा भेटेको छु, त्यसले केही महत्व राख्छ भन्ने अनुमान गरेकी छु । मलाई थाहा छैन, यसको संकेत के हो । तर यो यथार्थ हो ।’
उक्त अण्डा बेलायतको सुपरमार्केटमा किनिएको हो । कसैले हराएको हिरो अण्डामार्फत भेटिएकोमा उनी हिरा हराउने व्यक्तिप्रति सहानुभूती व्यक्त गर्छिन् । यद्यपी, एक सुनारले उक्त वस्तु वास्तविक हिरा नभई क्यूबिक जिर्कोनिया भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण