सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

टाइटानिकसँग जोडिएका १२ रोचक तथ्य, सायद थाहा छैन तपाईंलाई

आइतबार, १३ चैत २०७३, १३ : १३
आइतबार, १३ चैत २०७३

एजेन्सी

चैत १३ – समुन्द्री इतिहासको सबैभन्दा भिषण टाइटानिक दुर्घटनामा १ हजार ५ सय १७ जनाको मृत्यु भएको थियो । टाइटानिक आफ्नो समयको सबैभन्दा महँगो र भव्य जहाज थियो । यो बेलायतको साउथप्टनबाट न्यूयोर्कको यात्रामा निस्किएको थियो । टाइटानिक निकै बलियो थियो र त्यसमा सुरक्षाका निकै उपायको पनि बन्दोबस्त गरिएको थियो । यति हुँदा हुँदै पनि उक्त डुङ्गा आफ्नो पहिलो यात्रामा नै आइसबर्गसँग ठोक्किएर डुब्यो । यो दुर्घटना अप्रिल १४ तारिख राती ११ बजेर ४० मिनेटमा भएको थियो र २ बजेर २० मिनेटमा यो पूर्ण रुपमा समुन्द्रमा सम्मिलित भएको थियो । टाइटानिकमाथि एउटा हलिउड फिल्म पनि बनिसकेको छ तरपनि यससँग जोडिएका थुप्रै अचम्मित गरिदिने जानकारीबारे सायद तपाईंलाई थाहा छैन ।

– आइसबर्ग जतिबेला देखिएको थियो, यदि त्यसलाई ३० सेकेन्ड अधिमात्र देखिएको भए जहाजको दिसा परिवर्तन गर्न सकिन्थ्यो र सायद समुन्द्री इतिहासको यस्तो भयानक दुर्घटनाबाट बच्न सकिन्थ्यो ।

– टाइटानिक डुङ्गामा बाफ निकाल्नका लागि चारवटा स्मोकस्टेक्स राखिएको थियो । यो टाइटानिककको तस्बिरको अभिन्न हिस्सा पनि रहेको छ । तर तपाईंलाई थाहा पाउँदा अचम्म लाग्ला कि त्यहाँ राखिएको एक स्मोकस्टेक्स डिजाइनका लागि मात्र राखिएको थियो ।

– उक्त भयानक दुर्घटनाको रात अटलान्टिक महासागरमा क्यालिफोर्निया नामको अर्को एउटा डुङ्गा पनि तैरिरहेको थियो । उक्त डुङ्गा टाइटानिकभन्दा धेरै टाढा थिएन । तर सूचना पाउन ढिलो हुँदा उक्त डुङ्गा समयमा पुग्न सकेन र धेरै यात्रुलाई बचाउन सकेन ।

टाइटानिक दुर्घटना हुनुभन्दा एकदिन पहिले लाइफबोट ड्रिलको तालिम हुने कार्यक्रम थियो तर त्यसलाई अन्तिम क्षणमा रद्द गरियो । यदि उक्त ड्रिलको आयोजना भएको भए दुर्घटनाका बेला लाइफबोटको प्रबन्ध राम्रोसँग गर्न सकिन्थ्यो ।

आइसबर्गसँग ठोक्किएपछि पछि सांगितिक समूहका सदस्यले आफ्नो प्रस्तुती दिइरहेको दृश्य फिल्मको सबैभन्दा मार्मिक दृश्यको रुपमा लिइएको छ । वास्तविक जहाज दुर्घटना हुँदा पनि वास्तविक रुपमा यस्तै भएको थियो ।

दुर्घटनापछि धेरै यात्रुहरु लाइफबोट्समार्फत आफ्नो ज्यान बचाउन सफल भएका थिए । तर अझै पनि धेरै यात्रुको जीवन बचाउन सकिन्थयो किनभने धेरैजसो लाइफबोट्समा धेरै ठाउँ खाली थियो ।

वास्तविक टाइटानिक जहाज बनाउन जति खर्च भएको थियो त्योभन्दा धेरै बजेटमा क्यामरुनको फिल्म ‘टाइटानिक’ निर्माण भएको थियो ।

टाइटानिकलाई तहसनहस बनाइदिने आइसबर्ग समुन्द्रमा दुर्घटना हुनुभन्दा पहिले २ हजार ९ सय वर्ष पहिलेदेखि तैरिरहेको थियो ।

यो भयानक दुर्घटनामा जहाजका एक सेफ पनि बाँच्न सफल भएका थिए । यो कारण निकै रोचक छ । वास्तवमा, ती सेफले टाइटानिक डुब्नुभन्दा पहिले यति धेरै रक्सी पिएका थिए कि पानीमा खसेपछि पनि उनको शरिरको तापक्रम त्यति धेरै कम हुन पाएन । स्मरण रहोस्, टाइटानिकका थुप्रै यात्रुको डुबेरभन्दा पनि चिसो पानीका कारण मृत्यु भएको थियो ।

अमेरिकाका चर्चित चकलेट कम्पनी हर्शे चकलेट्सका मालिक मिल्टन हर्शेले पनि टाइटानिकको टिकट काटेका थिए तर पछि उनले आफ्नो प्लान परिवर्तन गरिदिए । यस प्रकार उनको ज्यान संयोगले बचेको थियो ।

टाइटानिकमा एक जापानी यात्रु पनि बचेका थिए । तर जब उनी जापान फिर्ता भए तब उनले जहाजलाई छोडेर भागेका भनी घृणा गरियो । उनी डुबिरहेको जहाजसँगै बसिरहनुपर्दथ्यो भन्ने मानिसहरुको धारणा थियो ।

संसारको इतिहासमा आइसबर्गबाट ठोक्किएर दुर्घटना हुने टाइटानिक एक्लो ठूलो जहाज हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप