यहाँ गोरो बच्चा जन्माउनु अपराध, दिइन्छ मृत्युको सजायँ
एजेन्सी
चैत १३ – हरेक आमाबुवाको चाहना आफ्नो बच्चा राम्रो र गोरो जन्मियोस् भन्ने हुन्छ तर संसारमा यस्तो ठाउँ पनि छ जहाँ गोरो बच्चा जन्माउनु अपराधसरह मानिन्छ ।
परम्पराको नाममा भारतमा यस्तो थुप्रै स्थानहरु छन् जहाँ अन्धविश्वासले जरो गाडेको छ । केन्द्र शासित प्रदेश अंडमानमा परम्पराको नाममा जारवा जनजातीका मानिसहरु आफ्नै बच्चालाई मार्ने गर्दछन् ।
हुन त यहाँ पनि बच्चा रोएको सुन्नेबित्तिकै उत्सव मनाइन्छ तर यदि बच्चाको रंग कालो नभएर थोरै पनि सफा भए उक्त बच्चालाई मारिन्छ । उक्त बच्चा अरु समूदायको जस्तो देखिने भएकाले यस्तो गरिने प्रचलन छ ।
पछिल्लो वर्ष नोभेम्बरमा एक बचचाको हत्यापछि प्रत्यक्षदर्शले यसबारे पुलिसलाई जानकारी दिए तर आफ्नो जातीको व्यक्तिमाथि कुनै कारवाही गर्न सकेनन् । तपाईंलाई सुन्दा अचम्म होला कि कालो बच्चा जन्माउनका लागि यहाँका मानिसहरु जनावरको रगत पिउँछन् । यहाँको मान्यता अनुसार यदि गर्भवती महिलालाई रगत पिलाइए बच्चाको रंग गहिरो हुन्छ र उनीहरु कालो जन्मन्छन् ।
सरकारी आँकडा अनुसार यो जनजातीको जनसंख्या करिब ४ सयको छ । यो जनजाती अंडमान आइल्याण्डको उत्तरी इलाकामा बस्छन् । जारवा जनजाती ५५ हजार वर्षदेखि यहाँ बसिरहेको मान्यता छ । सन् १९९० मा यो जनजाती पहिलो पटक बाहिरी दुनियाँको सम्पर्कमा आएको बताइएको छ । जारवा ट्राइब्स इलाकामा विदेशी वा बाहिरी मानिसहरुलाई निषेध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण